आजको राशिफलः वैशाख २ गते बिहीबार

पोखरा, वीरेन्द्र सापकोटा । आज मितिः २०७८–वैशाख–०२, बिहीबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको १५, २०२१, चैत्रशुक्लपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः तृतीया घ.प.१९ः१२(१३ः२२), नक्षत्रः कृत्तिका, योगः आनन्द, करणः वणिज, आनन्दादी योगः लुम्ब

चन्द्रमाः वृष, सूर्यः मेष, अयनः उत्तरायण

सूर्योदयः ५ः४२

सूर्यास्तः १८ः२८

आजको राशिफलः

मेष. तपाईको लागि आजको दिन राम्रो छैन । सतर्कतापूर्वक काम गर्नुपर्ने देखिन्छ । नयाँ व्यवसायिक क्षेत्र र कामकारबाहीको सुरुवात नगर्दा नै राम्रो हुनेछ । साथीभाइबाट सतर्क रहनुहोला । मनले दृढताका साथ काम गर्दैन ।

वृष. तपाईको आजको दिन उत्तम रहेको छ । जे सोच्नुहुन्छ, त्यसलाई निर्धक्कताका साथ पुरा गर्नुहुने समय रहेको छ । आफन्तजनबाट राम्रो सहयोग पाउनुहुनेछ । मन दरिलो हुनेछ भने आत्मविश्वास बढेर जानेछ । अध्ययनमा सफलता हात लाग्नेछ ।

मिथुन. तपाईको आजको दिन सुखद रहेको छ, भन्न सकिन्छ । धनार्जनको माध्यमहरु बढेर गएका छन् । पराइले पनि तपाईलाई विश्वास गर्नेछन् । गरेका कामबाट सन्तोष दिन सक्दा जस पउनुहुनेछ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ ।

कर्कट. तपाईको आजको दिन राम्रो रहेको छ । मन स्थिर हुँदा खुसि हुनेछ । आर्थिक तथा व्यवसायिक क्षेत्रमा नसोचेका सफलता हात लाग्नेछ । वाहन तथा सवारी साधनले फाइदा पुर्‍याउने देखिन्छ । अध्ययन अध्यापनमा सफलता प्राप्ति हुने समय रहेको छ ।

सिंह. तपाईको आजको दिन त्यति राम्रो मान्न सकिदैन । तपाईले गरेका काम अपूर्णता प्राप्त हुनुका साथै आलस्यताले सताउनेछ । पेट तथा नशा रोगले सताउनेछ । आज तपाईको चतुर्‍याइले काम गर्ने सम्भावना नभएकाले विचार गर्नुपर्ने देखिन्छ । सतर्क हुनुहोला ।

कन्या. तपाईको आजको दिनमा बाँकी रहेको उधारो कारोबार उठ्नुका साथै आर्थिक लाभ हात पर्नेछ । शत्रुहरुले पनि तपाइको साथ दिनेछन् । काममा नसोचेको सफलता प्राप्ति हुनेछ भने स्वास्थ्यले पनि तपाइलाई साथ दिनेछ । दिन तपाईको पक्षमा रहेको छ ।

तुला. तपाईले आजको दिनमा गरेका काममा अपजस धेरै पाउने समय रहेको छ । आफन्तले दिएका धोकाका कारण मनमा ठेस लाग्नेछ भने क्रोधाग्नि बढ्नेछ । मनमा अनावश्यक सोचाइले मानसिक तनाव र शारीरिक थकानको महशुस हुनेछ ।

वृश्चिक. तपाईको आजको दिन सन्तोषप्रद रहेको छ । स्वास्थ्यमा सुधारोन्मुख हुनेछ । आर्थिक तथा व्यवसायिक कारोबारमा राम्रो रहदा आफन्तजनबाट सहयोग मिल्ने देखिन्छ । मन शान्त हुनेछ भने मित्रताको भावनामा वृद्धि हुनेछ ।

धनु. तपाईको आजको दिन त्यति राम्रो छैन । आजको दिनमा तपाईका लागि आलस्यतापनले सताउनेछ । आफन्त, इष्टमित्र तथा साथीभाइबाट सहयोग नपाउँदा चिन्ता बढ्नेछ । अशान्तिपनले सताउनेछ । सन्तानको मायामा कमिपनाको महशुस हुनेछ ।

मकर. तपाईका लागि आजको दिनमा रोजगारीको अवसर प्राप्त हुने समय रहेको छ । रोजगारीका अवसरहरु सृजना हुनेछन् । व्यापार व्यवसायबाट नाफामूलक आम्दानी हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुनेछ ।

कुम्भ. तपाईको आजको दिनमा आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्ने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ भने घरपरिवारबाट सहयोग मिल्नेछ । समग्रमा तपाईका लागि आजको दिन राम्रो रहेको छ ।

मीन. तपाईको लागि आजको दिन राम्रो रहेको छ । सफलताप्राप्तिको योग रहेको छ । मान–सम्मान र पदप्रतिष्ठाको सम्भावना पनि उत्तिकै प्रबल रहेको छ । साथीभाइको सहयोगले अधुरा कामले पूर्णता प्राप्ति हुनेछ भने सन्तान सुखको योग रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button