पोखराको फेवातालमा युवक मृत फेला

पोखरा न्यूज । पोखरा महानगरपालिका – ०६ स्थित फेवातालमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका -९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घटनास्थलबाट उप्रेतीको शव शनिबार बिहान ६:४० बजे नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनाउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button