स्याङ्जाका युवा मादी नदीमा पौडी खेल्दा बेपत्ता

पोखरा न्यूज । आज तनहुँको मादी नदीमा पौडी खेल्ने क्रममा एक युवा हराएर बेपत्ता भएका छन् ।

स्याङ्जा भइ घर हाल तनहुँ जिल्ला ब्यास नगरपालिका ५ मोचाबारी डेरा गरी बस्ने १८ वर्षीय रमेश बि‍.क. नदीमा पौडी खेल्ने क्रममा हराएका हुन् ।

दिउसो साढे १२ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा बि.क. हराएको बताइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार उनी नदीमा ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका हुन् ।

प्रहरी टोलीले उनको खोजी कार्य र घटनाको अनुसन्धान जारी राखेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button