तनहुँमा बसकाे ठक्करबाट ५ वर्षीय बालक घाइते

पोखरा न्यूज । आज दिउसो तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ९ बाइजाँगरमा बसले ठक्कर दिँदा ५ वर्षीय बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार दिउसाेँ साढे २ बजेतिर डुम्रे बेशिसहर सडकखण्डमा बेशिसहर जाँदै गरेको ना७ख४२७ नम्बरको बसले सोही ठाँउका आशिष तामाङलाई ठक्कर दिएको हो ।

घाइते बालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।

उनको अवस्था सामान्य रहेको बताइएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button