गण्डकी प्रदेश खेलकुद परिषदले गर्यो जिम्मेवारी बाडफाँड

पोखरा न्यूज । गण्डकी प्रदेश खेलकुद परिषद्को पहिलो पूर्ण बैठक विभिन्न निर्णयहरू गरी सम्पन्न भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री एवम् परिषद्का अध्यक्ष नरदेवी पुनको अध्यक्षतामा सोमबार पोखरामा पूर्ण बैठक सम्पन्न भएको हो । बैठकले परिषद्का सदस्यहरूलाई जिल्ला र खेल सङ्घहरूको इन्चार्जको जिम्मेवारी तोकेको छ।

बैठकले गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य राम चन्द्र थापालाई कास्की जिल्ला खेलकुदको इन्चार्ज, गोरखा जिल्लाको इन्चार्जमा  ज्ञान बहादुर बोहरा,स्याङजा जिल्लामा गिरमान गुरुङ लमजुङ जिल्लामा  वासु बराल, तनहुँमा तारा माया थापा मगर, नवलपुरमा  योगिता कुमारी शाहानी, म्याग्दीमा चन्द्रा घले गुरुङ, मुस्ताङमा योगेन्द्र शेरचन, मनाङमा योगेन्द्र गुरुङ, पर्वत जिल्ला तथा  सञ्चार इन्चार्जको जिम्मेवारी केशव पाठकलाई तोकेको छ। खेल सङ्घहरूको इन्चार्जको जिम्मेवारी ऋषि राम गौतमले पाएका छन्  ।

बैठकले कार्यालय तथा कर्मचारी व्यवस्थापन सँगै प्रदेश खेलकुदका लागि आर्थिक वर्ष २०७८/०७९ बजेट तर्जुमा गर्न परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कमिटी गठन गरेको छ । बैठकले गण्डकी प्रदेश खेलकुदको लोगो डिजाइन तथा वेबसाइटको कार्यलाई अगाडी बढाउन परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा निर्मला बराल र केशव पाठक सदस्य रहने गरी तिन सदस्यीय कमिटी गठन गरेको छ ।

प्रदेश भित्रको खेलकुदमा क्रियाशील खेलाडीहरूको स्वास्थ्य बिमा, प्रदेश खेलसंघहरुको गठन, जिल्ला–जिल्लामा खेलाडीहरूको पहिचानका लागि ट्यालेन्ट हन्ट लगायत अन्य प्रशिक्षणका कार्यक्रमहरूलाई अघि बढाउने, एक स्थानीय तह एक खेल मैदान अन्तर्गत निर्माण भइरहेका कार्यहरूको निरीक्षण तथा अनुगमनलाई तीव्रताका साथ अघि बढाउने तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि  जुट्ने निर्णय पनि बैठकले गरेको छ  ।

बैठकलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री नर देवी पुनले जिल्लाहरूमा प्रशिक्षणका कार्यक्रमहरू अगाडी बढाउन र स्थानीय तहहरूलाई खेलकुदको ऐन निर्माण गरेर अगाडी बढ्न प्रोत्साहित र परिचालन गर्नुपर्ने बताउनुभयो  ।  प्रदेशको खेलकुद विकासका लागि सबै सँग मिलेर नागरिकहरूलाई खेलकुदमा जागरण ल्याउन आवश्यक रहेको उहाँको भनाई थियो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button