सांसद लुकाउन केन्द्र सरकारकाे शक्ति प्रयोग: रामचन्द्र पौडेल

पोखरा न्यूज सम्वाददाता । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारकाे शक्ति प्रयोग भएको बताउनु भएको छ ।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाउनु भएको छ । बिहिबार आफ्नै निवासमा संचारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गर्नुभयो । गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरि गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाउनु भयो ।

खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानवीन हुनुपर्ने पनि नेता पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो “किर्ते नक्कली बहाना बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरि पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिम बिक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको ब्यबस्थामा यस्ता खेल, किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षडयन्त्रको छानवीन हुनुपर्छ ।” नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारवाही गर्नुपर्ने बताउनु भयो । स्थानीय प्रशासन,संघिय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले बताउनु भयो । उहाले भन्नुभयो “यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वाशको प्रस्ताव दर्ता हुने बित्तिकै संसद नै स्थगीत गरेर मुख्यमन्त्री काठमाडौँ आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षडयन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही कोरोना संक्रमण भएको भन्दै चरक अस्पतालमा भेटिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button