नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ।

त्यस्तै शनिबार १२ सय ८७ जना उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ८५.९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ३ हजार २९८ पुगेको छ।

आज देशभर ६७ जना क्वारेन्टिनमा छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button