मोरङ सुनसरी सेवा समाज कतारमा भीम

तिलु शर्मा पौडेल, दोहा कतार । “मोरङ सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मूल नाराका साथ सन् २००१ मा कतारमा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारको १६ औ साधारण सभा सम्पन्न भएको छ । सभाले भीम बराइलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

संस्थाका अध्यक्ष दिलीप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा जुम मार्फत सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रवासमा रहेका सातैवटा शाखाको उपस्थिति थियो । सभामा बोल्दै मोसु प्रवास समन्वय समितिका सयोजक विनोद भट्टराईले थप केही देशहरूमा शाखा स्थापनाको पहल भई रहेको जानकारी दिनुभएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले नेपाली समुदायमा विभिन्न माध्यम बाट संस्थाले सामाजिक कार्यहरू गरेको देख्दा खुसी लागेको बताउनुभएकाे छ । कार्यक्रमका सभापति पराजुलीले आफ्नो कार्यकाल तथा सभालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरी सभ्य तथा भव्य रूपमा सफल बनाउनु हुने सम्पूर्ण मोसु शाखा, अध्यक्ष परिषद्, सल्लाहकारहरू, लगायत सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै खुल्ला सत्र समापन भएको घोषणा गर्नुभएकाे थियाे। उपाध्यक्ष भीम बराइलीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव भोला बस्नेतले सञ्चालन गर्नुभएकाे थियाे ।

सभाको दोस्रो चरण अर्थात् बन्द सत्र वाट भीम बहादुर बराइलीको अध्यक्षतामा, उपाध्यक्ष नेत्र कुमार भुजेल (नियम), उपाध्यक्ष लीलानाथ घिमिरे, सचिव भोला बस्नेत, कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल, सह-सचिव पर्शुराम बन्जारा, सह-सचिव अच्युत भट्टराई सह-कोषाध्यक्ष योजना शर्मा थापा, सह-कोषाध्यक्ष भरत श्रेष्ठ, सदस्यहरूमा प्रेम बहादुर राई, वीर जङ्ग थापा, सुनिता कोइराला आचार्य, सबिता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, पर्शुराम पोखरेल, गोविन्द विश्वकर्मा, जीवन याख्खा राई, मिना विश्वकर्मा, मुना ढकाल, सुजन ढकाल, छत्र बहादुर विश्वकर्मा सहितको नयाँ कार्यसमिति चयन भएको हो ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचित समिति सयोजक तेज कटुवालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button