
पोखरा न्यूज । आज बिहान बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर खोटाङमा १० बर्षीय बालकको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





