कास्कीगण्डकीपर्वतमुख्य खबरशिक्षा/स्वास्थ्यसमाचारसमाजस्याङ्जा

पोखराका अस्पतालमा उपचाररत दुई पुरुषको निधन

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत स्याङ्जा र पर्वतमा दुई जना कोरोना संक्रमित पुरुषको निधन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उहाँहरुको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो बेलुका मृत्यु भएको हो ।

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–११ क ५० वर्षीय पुरुषको हिजो बेलुका पौने १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको हो । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको जलजला गाँउपालिका–७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बेलुका सवा ८ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । उहाँलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप २ जनाको मृत्यु पश्चात गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३७ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x