नेपालमा कोरोनाबाट एकैदिन ५८ जनाको मृत्यु, ८६५९ संक्रमित थपिए

पोखरा न्यूज । नेपालमा कोरोनाबाट थप ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण थप ५८ जनाको मृत्यु भएको हो ।

बुधबार थप आठ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुल २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा आठ हजार ६०५ जनामा तथा ६१६ एन्टिजेन परीक्षणमा ५४ जनामा गरी आठ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button