बाल्यकालदेखि नै फिल्मी टाइपको मानिस थिएः मिलन शंकर

नेपाली फिल्ममा धेरै सुधार भएको छ

पोखरा न्यूज सम्वाददाता । मोडल तथा अभिनेता मिलन शंकरको जन्म स्याङजा जिल्लाको फेदिखोलामा भएको हो । उहाँ अभिनय तथा निर्माणको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । विभिन्न म्युजिक भिडियो, कान्तिपुर टेलिभिजनको सिरिज, छोटा फिल्म, नेपाली फिचर फिल्म तथा टिभिसि एड मार्फत आफ्नो बेग्लै पहिचान बनाउनुभएको छ । यसका अलावा र्‍याम्प मोडलिङमा मात्र नभएर विभिन्न ब्राण्डको पेपर र टिभिसि एडहरुमा काम गरेको अनुभव उहाँसँग छ ।

पछिल्लो समय उहाँ मेकिङतिर समेत लाग्नुभयो । एसियन म्युजिक कम्पनीको ट्वान्टि फस्ट भन्ने वेभ सिरिजमा सिनेमेट्रोग्राफीदेखि म्युजिक भिडियोमा निर्देशन तथा क्यामेरामेनसम्मको काम मार्फत उहाँ खारिनुभएको छ । उहाँले इण्डियनदेखि नेपाली ब्राण्डको टिभिसि एडहरु बनाउने मौका समेत पाउनुभयो । लुक्सको कारण समेत उहाँ चर्चामा हुनुहुन्छ । आफुलाई दर्शकहरुमाझ एउटा कलाकार अनि मेकरको रुपमा चिनाउन चाहने मिलन शंकरसँग यसपाली हामीले फिल्मी क्षेत्रसँग सम्बन्धीत रहेर केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
म फिल्म हेर्न ज्यादै मनपराउने व्यक्ति हुँ । फिल्मको प्यार्टन, विभिन्न प्राविधिक कुरादेखि स्टोरी, कन्सेप्टहरु मिलेको फिल्म हेरिरहन्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
पहिले त हल नै हो । अहिलेको अवस्थामा युट्युब, नेटफ्लिक्सको माध्यमबाट फिल्म हेरिरहको छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
फिल्म हलमा हेर्नुको मज्जा धेरै बेग्लै छ । घरमा टिभीमा वा मोबाइलमा हेर्नुभन्दा हलमा हेर्दा बेग्लै आउँछ । किनकि फिल्म हलमा धेरै दर्शकसँग बसेर फिल्म हेर्न सकिन्छ । यसरी हलमा फिल्म हेर्दा फिल्म भित्रको हरेक इमोसनल चिजहरुदेखि फिल्ममा प्रयोग गरिएका सबै कुरालाई हामी दर्शकले एकैसाथ अनुभव गर्न सक्छौ । यस्तो अनुभवले फिल्म प्रतिको मोहलाई बढाउँछ । अब घरमा भनेको आफै एक्लै अनुभव गर्नुपर्छ, हलको जस्तो वातावरण घरमा नहुने हुँदा मलाई हलमा नै मज्जा लाग्छ ।


बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
म बाल्यकालदेखि नै अलि फिल्मी टाइपको मानिस थिए । फिल्म हेर्दा समेत एकदमै फिल्मभित्र डुब्ने गर्थे । फिल्म हेर्ने मात्र नभएर आफुले आफुलाई नै फिल्म भित्र छु भन्ने अनुभूतिका साथ फिल्म हेर्थे । हलमा मात्र नभएर फिल्म हेरेर घर फर्किदा साथीहरुसँग फिल्मकै जस्तै क्यारेक्टरमा नै प्रस्तुत हुने बानी मेरो थियो ।

हलमा हेरेको पहिलो फिल्म ?
हलमा हेरेको पहिलो फिल्म ठ्याक्कै याद त भएन । तर, राजेश हमाल दाइको चट्याङ र गोपीकृष्ण फिल्म हेरेको याद छ ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई फिल्मको मोह बढी हुने बेलामा राजेश हमाल, रमेश उप्रेती, लोकेन्द्र कार्की जस्ता नायक मनपथ्र्यो ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
विगतका फिल्ममा भन्दा अहिल नेपाली फिल्ममा धेरै सुधार भएको छ । डिजिटल प्रविधिले गर्दा नेपाली सिनेमाहरु प्राविधिक रुपमा उत्कृष्ट बन्न थालेका छन् । मेकिङको हिसाबले नेपाली फिल्ममा गुणस्तर बढिरहेको छ । पछिल्लो क्रममा बलिउड सिनेमाको लेभलमा नेपाली सिनेमा पुग्न सफल बनिरहेको छ । यो नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?
नेपाली फिल्ममा क्रमिक रुपमा सुधार हुँदै गएपनि सुधार गर्नु पक्ष अझै बाँकी छ । नेपाली फिल्महरुले आँखालाई झुक्याउने काम मात्र नभई फिल्म भित्रको कथा वस्तुहरुले दर्शकको मन छुन सक्नुपर्छ । कथा, कन्सेप्ट, डाइलग, स्क्रिन प्ले, कास्टिङहरु जस्ता मेन पार्टहरुलाई नेपाली फिल्ममा एकदम ध्यानदिई सुधार्नुपर्छ । यसो गर्न सके नेपाली फिल्मको आर्कषण थप बढ्नेछ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
म सानैदेखि फिल्मी टाइपको मानिस भएको हुनाले मलाई फिल्ममा अभिनय गर्ने रहर सानैदेखि एकदमै थियो ।

तपाईको फिल्म तथा मोडलिङ क्षेत्रको यात्रा कसरी शुरु भयो ?
मनमा अभिनय गर्ने निकै हुटहुटी थियो । यही रहरले गर्दा म यो क्षेत्रमा लागे । मेरा साथी सर्कलहरु समेत यही फिल्डको भएको हुनाले सजिलो भयो । मैले म्युजिक भिडियोहरुबाट आफ्नो करियरको सुरुवात गरे । त्यसपछि १, २ वटा ठुलो फिल्ममा प्रवेश गर्ने मौका पाए । माई लाइफ, स्विकार लगायतका फिल्म तथा तिम्रै हातको सिन्दुर, तिम्रो मेरो सम्बन्ध, अमिलो निबुवा, सालैजौ आदि म्युजिक भिडियोमा काम गरे ।

यात्रा अब कसरी अगाडि बढ्ला ?
निरन्तर यसै क्षेत्रमा अगाडि बढ्ने योजना छ । तर कोरोना भाइरसको कारणले गर्दा अब अगाडिको कुराहरुमा अहिले खासै सोचेको छैन । आशा छ यो सबै हराएपछि केही नयाँ तरिकाले आउन सक्षम हुनेछु ।

तपाईले देखेको सपना के छ ?
देखेको सपना भनेको त यहीं इन्डष्ट्रिजमै लागेर केही राम्रो कामहरु गर्ने हो । साथै नयाँ तथा प्रतिभा भएकाहरुलाई हौसला दिदै साथ र सर्पोट गर्ने सोचमा छु ।

नेपाली फिल्म किन हेर्ने ?
बलिउड, हलिउड फिल्मको तुलनामा हाम्रो नेपाली फिल्मको मार्केट एकदमै सानो छ । तरपनि नेपालमा अहिलेका समयमा आएर धेरै राम्रो फिल्महरु बनिरहेका छन् । फिल्ममा लगानी समेत बढ्दै गएको छ । सोही कारण अगाडि बढ्दै गएको नेपाली फिल्मी क्षेत्रलाई अझ उचाईमा पु¥याउन सबैले साथ दिनुपर्छ । हामीले नै सर्पोट गरेनौ भने नेपाली फिल्मले अन्तराष्ट्रिय लेभलमा प्रतिष्पर्धा गर्न सिक्दैन । हाम्रो नेपाली फिल्मको मार्केट वल्डवाइड बनाउनको लागि भएपनि हामीले यो क्षेत्रलाई साथ र सर्पोट गर्नुपर्छ । यो क्षेत्रमा अगाडि बढ्न खोजेकालाई हौसला बढाउनको लागि भएपनि नेपाली फिल्म हेनुपर्छ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
नेपाली फिल्म क्षेत्रमा अहिले आएर धेरै प्रगति भैसकेको छ । यसमा पूर्ण सन्तुष्ट हुने भने हुँदैन । नेपाली फिल्म इण्डष्ट्रिजलाई अझ वल्डवाइड पु¥याउन पर्छ । यसको सुरुवात भैसकेको छ । एउटा उदाहरण प्रेमगीत ३ लाई नै हेर्न सकिन्छ । अर्को कुरा अहिले आएर नेटफ्लिक्सदेखि वलिउड इण्डष्ट्रिजसम्म नेपाली फिल्म पुग्न थालेको छ । यो हामी नेपालीहरुको लागि धेरै राम्रो हो ।

फिल्म मेकरहरुदेखि कलाकारहलाई के भन्न चाहन्छु भने यो क्षेत्रमा आउनुहोस् तर नेपाली सिनेमालाई अगाडि बढाउने सोच लिएर मात्र आउनुहोस्, यो क्षेत्रलाई टाइमपास अनि विगार्ने सोचले नआउनुहोस् । मेरो यात्रामा साथ सर्पोट दिने सबैप्रति आभार व्यक्त गर्दछु । म निरन्तर यहीं यात्रामा लागिरहनेछु । अवसरका लागि धन्यवाद ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button