३८ वर्षीय सङ्क्रमित युवकको होम आइसोलेशनमै मृत्यु

पोखरा न्यूज । एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा बस्दै आएका बखत बर्दियामा मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया–८ का ३८ वर्षीय युवकको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उहाँ र उहाँकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।

उहाँहरूको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो ।

बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button