नेपाली रक्तदाता सङ्घ कतारको वृहत खुल्ला रक्तदान

तिलु शर्मा पौडेल, दोहा कतार । नेपाली रक्तदाता सङ्घ कतारले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कतारको सरकारी अस्पताल हमदको रक्त सङ्कलन केन्द्रको परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कोरोनाका महामारीका बीच सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्था तथा सामाजिक अभियन्ता सहित १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो । सङ्घका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गर्नुभएकाे छ । कार्यक्रममा उपस्थित भट्टराईले रक्तदान पुण्यकाे कार्य भएको र सङ्घको कार्य उदाहरणीय रहेको बताउनु भयो ।

सङ्घका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप भित्ते पात्रो प्रदान गरिएको थियो भने अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । विषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई सङ्घको तर्फबाट अध्यक्ष कटुवालले धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम बिहान ८ बजेबाट मध्यान्हसम्म चलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button