ग्लोबल एनआरएन सिंगिङ आइडलमा उत्कृष्ट ६० छानिए (नामावली सहित)

तिलु शर्मा पौडेल दोहा कतार । ग्लोबल एनआरएनए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका छन् । गैर आवासीय नेपाली सङ्घ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।

अप्रिल ३० तारिखसम्म २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाहरूले डिजिटल प्रविधि मार्फत भिडियो पठाएका थिए । डिजिटल अडिसन मार्फत ५० जनालाई छनौट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको हो ।

प्राप्त भिडियोलाई जुम मार्फत देखाइएको थियो । गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहनुभएकाे छ । छनौट भएका प्रतिस्पर्धीले अब ओपनिङ राउन्डमा प्रतिस्पर्धा गर्ने छन् ।

कोरोना महामारीका कारण आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौँमा जारी लकडाउनका कारण केही दिनपछि सारिने भएको छ। एनआरएनए अध्यक्ष कुमार पन्त सहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई कोरोना सङ्क्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले परिस्थिति अनुकूल भएपछि दोस्रो राउण्डमा जाने हाम्रो तयारी छ,’ रेग्मीले भन्नुभयाे।

प्रतिस्पर्धीले ओपनिङ राउन्डमा म्युजिक ट्र्याकमा गीत गाउने छन् । विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसै गरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ ।

ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ । कार्यक्रमलाइ विवेक खतवडाले सञ्चालन गर्नुभएकाे थियाे ।

छनौट हुनेको नामावली

१. दीपेश सिग्देल, नर्वे

२. खेमबहादुर बिक, ओमन

३. निपोन लामा, अस्ट्रिया

४. सौरभ पाख्रिन तामाङ, हङकङ

५. शिवबहादुर घाताङस्वाङ, कोरिया

६. बामदेव भट्ट, बहराइन

७. भीमराज गुरुङ, क्यानडा

८. अंकिता घतानी, न्यूजिल्याण्ड

९. दीप्ति थापा, युके

१०. सोनाम महर्जन, हङकङ

११. कपिल पुन मगर, आइरल्याण्ड

१२. ईभा नेपाल, क्यानडा

१३. जिके पूर्ण लिम्बु, बहराइन

१४. कल्पना श्रीपाल, युके

१५. प्रजिता बास्तोला, यूएसए (मेरिल्यान्ड)

१६. राजीव थापा, अस्ट्रेलिया

१७. मिङमा तामाङ, साइप्रस

१८. निसान ढकाल, अस्ट्रेलिया

१९. आकाश न्यौपाने, जापान

२०. हिमन राई, कुवेत

२१. पारस आचार्य, अस्ट्रेलिया

२२. प्रतीक शिवा, बहराइन

२३. राधिकाकुमार गोले, कोरिया

२४. आयुषा डोटेल, अस्ट्रेलिया

२५. किशोर लम्साल, कतार

२६. अभिषेक लकान्द्री, युएई

२७. वसन्त विष्ट, बहराइन

२८. सुमन चेम्जुङ र घनश्याम गुरुङ, कुवेत

२९. नरेन्द्र मल्ल, कतार

३०. सहर विश्व, कुवेत

३१. रेसु स्याङ्दान, बहराइन

३२. रुद्र सुन्दास, युएई

३३. सुरज घर्ती, कोरिया

३४. सतिश थापा, कतार

३५. पवन पौडेल, अस्ट्रेलिया

३६. अभिषेक भण्डारी, अस्ट्रेलिया

३७. तीर्थराज निरौला, जापान

३८. सुरज बिक, कतार

३९. लक्ष्मण दर्जी, कतार

४०. निशान्तकुमार विश्वकर्मा, कतार

४१. गोविन्द गुरुङ, कतार

४२. कविता आरबिएम, युएई

४३. निमा दोर्जे तामाङ, कतार

४४. रूपक दाहाल, अस्ट्रेलिया

४५. नवराज श्रेष्ठ, कतार

४६. सुन्दर लिम्बु, युएई

४७. अमित विष्ट, युएई

४८. कृष्ण खवास, युएई

४९. सन्देश गुरुङ, युएसए

५०. इन्दिरा शाह, कतार

५१. समीर भट्टराई, साइप्रस

५२. बिबि मल्ल ठकुरी, कुवेत

५३. योसिका कुँवर, मलेसिया

५४. आयुसा मैनाली र समृद्धि श्रेष्ठ, युएसए

५५. हर्ष भण्डारी, युएसए

५६. श्रेयस श्रेष्ठ, युएसए

५७. दीपा भट्टराई, अस्ट्रेलिया

५८. शर्मिला दर्जी, साइप्रस

५९. देवकी न्यौपाने खत्री, युएई

६०. विशाल श्रेष्ठ, कोरिया

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button