पोखरामा उपचाररत थप ९ कोरोना संक्रमितहरुको निधन

पोखरा न्यूज । पोखरामा उपचारको क्रममा थप ९ जना कोरोना संक्रमितहरुको निधन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा उहाँहरुको निधन भएको हो ।

कास्कीकाे पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २० गते संक्रमण पुष्टी भएकाे थियाे ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का ६० वर्षीय पुरुषको हिजो बेलुका निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण पुष्टी भएकाे थियाे ।

स्याङ्जाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय संक्रमित पुरुषको हिजो दिउसो निधन भएको हो । उहाँकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २१ गते संक्रमण पुष्टी भएकाे थियाे ।

पोखरा महानगरपालिका–९ का ३१ वर्षीय कोरोना संक्रमित महिलाको गएराति निधन भएको हो । उहाँकाे मेडिप्लस अस्पता पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख १८ गते संक्रमण पुष्टी भएकाे थियाे ।

म्याग्दीको मालिका गाँउपालिका–५ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको अस्ति बेलुका निधन भएको हो । उहाँकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख १८ गते संक्रमण पुष्टी भएकाे थियाे ।

स्याङ्जाको गल्याङ नगरपालिका–३ की ६० वर्षीय कोरोना संक्रमित महिलाको हिजो बिहान निधन भएको हो । उहाँकाे चरक मेमाेरिय अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २० गते संक्रमण पुष्टी भएकाे थियाे ।

पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिलाको अस्ति बेलुका निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण पुष्टी भएकाे थियाे ।

पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बिहान निधन भएको हो । उहाँकाे गण्डकी मेडिकल कलेज पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण पुष्टी भएकाे थियाे ।

पोखरा महानगरपालिका–१९ का ५८ वर्षी पुरुषको हिजो निधन भएको हो । उहाँकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँमा बैशाख २३ गते संक्रमण पुष्टी भएकाे थियाे ।

थप ९ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २६० पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button