गण्डकीका मूख्यमन्त्री गुरुङद्वारा पदबाट राजिनामा

पाेखरा न्यूज । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिनुभएकाे छ ।

उहाँले गण्डकी  प्रदेश प्रमुख सीता पाैडेलसमक्ष आइतबार अपरान्ह राजीनामा बुझाउनु भएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसउपर भाेलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियाे । यस अगावै गुरुङले राजीनामा दिनुभएकाे हाे ।

माओवादी केन्द्र र जनमाेर्चाकाे समर्थनमा मुख्यमन्त्री बन्नुभएका गुरुङ ती पार्टीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा हुनुहुन्छ । यद्यपी अविश्वासकाे प्रस्तावमा जनमाेर्चाले हस्ताक्षर गरेकाे छैन् ।

प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button