लाखौंको धनमाल लुटपाटमा संलग्न २९ बर्षीया लक्ष्मीसहित ३ पक्राउ

पाेखरा न्यूज । धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाइ नगद र गरगहना लुट्ने समूहलाई प्रहरीले सुनसरीकाे धरानबाट पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ पर्नेमा मोरङकाे पथरी-३ घर भइ हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भइ हाल धरान १० पुतली लाइन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।

उनीहरुकाे समूहले बैशाख ११ गते बिहान सवा ९ बजे सोही स्थानका झरना बिश्वकर्माकाे घरमा प्रवेश गरी नगद र गरगहना लुटेकाे थियाे । झरना र उनकाे छोराे जोहन बिश्वकर्मा पूजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकी आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते  बनाएका थिए ।

लुटेराकाे समूहले नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा रु. ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाँका गरी लगेका थिए । सो घटनामा घाइते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाइएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।

घटनामा संलग्नकाे खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले उल्लेख गरिएका समान सहित घटनामा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान प्रकृया अगाडि बढाएकाे हाे ।

लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाइ छिपाइ राख्न दिएको भनि खुल्न आए पश्चात लक्ष्मीको कोठा खानतलासी गर्दा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा कारवाही प्रकृया अगाडि बढाइ थप अनुसन्धान समेत भइरहेको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button