मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत, ३ दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पदबाट दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेता तथा मुख्यमन्त्री गुरुङले आज पदबाट राजिनामा दिनुभएको हो । गण्डकी प्रदेश प्रमूखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनको आव्हान गरिएको छ ।

प्रदेशमा अर्काे मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधान को धारा १६९ को उपधारा (३) बमोजिम गुरुङको नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्ने प्रदेश प्रमूखको कार्यालयले आज जारी गरेकाे विज्ञप्तिमा जनाएको छ ।

मुख्यमन्त्री गुरुङले नेपालको सविधानको धारा १६९को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमूखसमक्ष राजिनामा दिनुभएको हो ।

प्रदेशकाे समग्र विकास र समृद्धि नचाहने विकास विराेधी तत्वहरुकाे अराजनीतिक चलखेलका कारण मुख्यमन्त्री पदबाट राजिनामा दिएकाे गुरुङले बताउनुभएकाे छ ।

प्रदेश प्रमुख समक्ष पेश गरेकाे राजिनामामा उहाँले हिजाेसम्म सहकार्य गरेका र एउटै घाेषणापत्रमा निर्वाचनमा गएका दलहरुबाट असहयाेग र अस्थिरताकाे वातावरण सृजना भएका कारण मुख्यमन्त्रीका हैसियतमा काम गर्न नसकिने उल्लेख गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button