लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

पोखरा न्यूज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध विपक्षी सांसदहरूले आइतबार पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र सहितका विपक्षी सांसदहरूले प्रदेश सभामा आज फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन ।

यसअघि वैशाख ६ गते पनि विपक्षी दलहरुले पाेखरेलका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभाले वैशाख १९ गते छलफलको सूची तय गरेको थियो।

तर सोही दिन  पाेखरेलले पदबाट राजीनामा दिनुभएकाे थियाे । कामचलाउ मुख्यमन्त्री बन्नुभएका पोखरेलको सरकारले छलफलबिनै साेही दिन संसद्को बैठक अन्त्य गरेको थियो । प्रदेशमा बहुमत प्राप्त दलकाे नेताका हैसियतमा प्रदेश प्रमूखले उहाँलाइ मुख्यमन्त्री पदमा पुनः नियुक्त गर्नुभएकाे हाे ।

अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षीहरूले संसद्को विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन गर्ने बताएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button