ढुंगाले किचेर १३ बर्षीय बालकको मृत्यु

पाेखरा न्यूज । १३ बर्षीय बालककाे आज दिउसो साढे २ बजे ढुंगाले किचेर ताप्लेजुङमा मृत्यु भएकाे छ ।

ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्राका १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ ।

आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव-बेश निर्माणको लागि मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा भिर चट्टान फोर्ने कार्य भइ रहेको थियाे ।

सोही बाटोको साइडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गइ ढुङगा ओसार्ने क्रममा माथिबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button