वैशाख ३० गतेसम्म बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ ।

यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

यसअघि राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम आज प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button