नेपालीको प्रवेशमाथि युएईमा अस्थायी प्रतिबन्ध

तिलु शर्मा पौडेल, दोहा कतार । नेपालमा दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण अत्यधिक रूपमा बढ्दै गएपछि नेपालीमाथि विभिन्न देशहरुले प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने क्रम बढी रहेको छ l नेपालबाट जाने यात्रुबाट कोरोना सङ्क्रमण फैलने भन्दै यूनाइटेड अरब ईमिरेट्स (युएई) ले नेपाली यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ ।

युएईले भोलि बुधवारवाट लागू हुने गरी नेपाल सहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबाट जाने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढपछि मलेसिया, बेलायत, सिंगापुर, जापान र कुवेतले नेपालीलाई प्रवेशका लागि अस्थायी प्रतिबन्ध लगाइसकेका छन् । नेपाल सरकारले वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

युएईले यसअघि नै भारतीय नागरिकहरूलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको थियो । नेपाली कामदारको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक युएई लगायतका देशमा अर्थतन्त्रले लय समात्दा विदेशी कामदारको माग बढेपछि पछिल्ला दिनमा त्यहाँ जाने कामदारको सङ्ख्या बढेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button