पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुँदा २ युवकको मृत्यु

पोखरा न्यूज । पृथ्वी राजमार्गमा आज बिहान साढे ५ बजे ट्रक दुर्घटना हुँदा बाग्लुङका दुई  युवकहरुको ज्यान गएको छ ।

तनहुँको आँबुखैरेनी गाँउपालिका–४ पावरहाउसस्थित पृथ्वी राजमार्गमा मुग्लिनबाट आँबुखैरेनीतर्फ आँउदै गरेको ना३ख९९७३ नम्बरको ट्रक सडकबाट अन्दाजी सय मिटर तल मस्र्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा ट्रकका चालक बाग्लुङको गलकोट नगरपालिका–८ का ३७ वर्षीय जय कडेँल र ट्रकका सहचालक सोही ठाँउका ३५ वर्षीय मिनबहादुर कडेँलको घटनास्थलमा नै मृत्यु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button