गाई काटेको आरोपमा पक्राउ

पोखरा न्यूज । गाई काटेको अभियोगमा प्रहरीले सिरहाको लहानबाट दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् ।

लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले नाम खुलाउन चाहेन ।

मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button