म्याग्देली नवोदित गायक राजिनको “बेनी बजारमा” (भिडियोसहित)

तिलु शर्मा पौडेल । म्याग्देली नवोदित गायक तथा सर्जक राजिन भण्डारीले लोक पप एल्बम “बेनी बजारमा” लाई सार्वजनिक गर्नुभएकाे छ l म्याग्दी जिल्लाको सुन्दर नगरी बेनी बजारको सौन्दर्यता र माया प्रेममा रहेर भण्डारीले गीतको सिर्जना गर्नुभएकाे बताउनु भएकाे छ l भण्डारीले भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएकाे हाे ।

सरसर हावा चल्दा मायाको बाण चल्ने भावले बगेको गीतमा म्याग्दीका चर्चित मोडेल सुधीर श्रेष्ठ र रविना भण्डारीले कम्मर मर्काउनु भएकाे छ भने रोजिना भण्डारी, संजिता कुवर, रमेश भण्डारी र सागर भण्डारीले साथ दिनुभएकाे छ l बेनी बजार क्षेत्र, वीरेन्द्र चोक र पर्यटकीय स्थल लभ्ली हिलमा छायाङ्कन गरिएको भिडियो म्याग्दीकै राम केसीले खिच्नुभएकाे हाे भने ड्रोनको बागडोर कृष्ण पौडेलले सम्हाल्नुभएकाे छ ।

गीतमा गायक भण्डारीकै सङ्गीत तथा स्वर रहेको छ भने एरेन्ज गोपाल रसाइलीले गर्नुभएकाे छ। माधव श्रेष्ठको निर्देशन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गर्नुभएकाे हाे। नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको भए पनि आफ्नो गीत फरक धारमा निर्माण भएको हुँदा सफल हुनेमा गायक ढुक्क रहेकाे बताउनु हुन्छ ।

गीतकाे लिंकः

https://www.youtube.com/watch?v=mPCUFie5zhs

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button