जलविद्युत आयोजनाको सुरुङभित्र ढुङगा खस्दा कामदारको मृत्यु

पोखरा न्यूज । निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ ।
संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा साे आयोजनाको निर्माणाधिन अवस्थामा दुर्घटना भएका हाे ।
आज बिहान साँढे ८ बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका-१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाइते भएका छन् । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाइएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button