
पोखरा न्यूज । नेपालमा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २४ घण्टाको विवरण सहितको तथ्यांक सार्वजनिक गरेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ४४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ । त्यस्तै, आजसम्म मुलुकभर एक हजार २४१ जना आईसीयू र २८५ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।





