गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा सपथ ग्रहण

पाेखरा न्यूज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिनुभएकाे छ । मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनु भएकाे हाे ।

उहाँले पाेखरास्थित प्रदेश प्रमुखकाे निवासमा आयोजित सपथ ग्रहण समारोहमा सपथ  लिनुभएकाे हाे । सपथ ग्रहण समारोहमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतकाे उपस्थिति रहेको थियो ।

उहाँलाई आजै प्रदेश प्रमुख पौडेलले नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले आज नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिएकाे थियाे  ।

आज दिउँसो ४ः०० बजेसम्म दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसके पछि प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ पुन मुख्यमन्त्री बन्नु भएकाे हाे । बहुमत प्रदेश सदस्यहरुकाे समर्थन नभएर अल्पमतकाे सरकारकाे नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button