कोरोना सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार

पाेखरा न्यूज । कोरोनाबाट सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार तथा पोषण र एम्बुलेन्स खर्च गरी जनही रु दशहजार दिने निर्णय दोलखाको भीमेश्वर नगरपालिकाले गरेको जनाएकाे छ ।

नगरभित्रका नागरिक सङ्क्रमित भएमा रु दुई हजार पोषण खर्च र बिरामीलाई अन्य स्थानमा लैजानु परे रु आठ हजार एम्बुलेन्स खर्च दिने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसी जानकारी दिनुभयो । यस्तै कोरोनाबाट नागरिकको मृत्यु भएमा मृतक परिवारलाई सामाजिक कार्य गर्न रु १५ हजार दिइनेछ ।

सो नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित चरीकोट अस्पतालमा हाल चालीस शैय्याको आईसोलेशन कक्ष निर्माण गरिएको छ ।

कोभिड–१९ को दोस्रो लहरबाट नगरपालिका ९५ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button