हट्यो एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता

पाेखरा न्यूज । कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । यससँगै बागलुङ जिल्लामा पहिलोपटक शव बाहनको व्यवस्थापन भएको छ ।

नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो । जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो । नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरी अस्पताललाई सञ्चालनका लागि पिकअप जिप उपलब्ध गराएको छ । “कर छुटका लागि अलि लामो प्रक्रिया रैछ, यता कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि अस्थायी शव बाहन व्यवस्थापन गरेका हौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “तीन महिनालाई हामीले भुक्तानी गरी शव बाहन सञ्चालन गर्न दिएका छौँ, नगरपालिकाले खर्च गरेर व्यवस्थापन गरेको शव बाहनले तत्काल जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेछ ।” बागलुङमा शव बाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक सङ्क्रमित बोक्दै आइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button