बामदेव गाैतमले दिए प्रधानमन्त्रीलाई बधाई

पाेखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता बामदेव गाैतमले प्रधानमन्त्री ओलीलाई हार्दिक दिनुभएकाे छ ।

पार्टीमा देखिएकाे समस्या समाधान र एकता निर्माणमा सफलता मिलाेस् भनेर नेता गाैतमले शुभकामना समेत दिनु भएकाे छ ।

उहाँले आज दिनुभएकाे शुभकामना र बधाई सन्देशमा यस्ताे लेख्नुभएकाे छः

नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button