पोखरामा उपचाररत १३ सहित गण्डकीमा थप १४ को संक्रमणबाट मृत्यु

पाेखरा न्यूज । पोखरामा विभिन्न अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितसहित गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लाका पोखरामा उपचाररत कोरोना संक्रमितको  पछिल्लो २४ घण्टामा उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ६ जना, स्याङजाका २ जना, पर्वतका ३ जना, तनहुँका १ जना, म्याग्दी १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

मृतकको विवरण यस प्रकार रहेको छ :

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button