कोरोना विरुद्धकाे लडाइमा जुटे कतारमा रहेका म्याग्देली

तिलु शर्मा पौडेल, दोहा कतार । विश्व यति बेला कोरोनाले आक्रान्त बनिरहेको छ । नेपालका अधिकॉश जिल्लामा निषेधाज्ञा तथा लक डाउन गरिएको छ । कोरोनाको चपेटामा परेका जिल्लावासीहरूको घाउमा मलहम लगाउन कतारमा रहेका प्रवासी म्याग्देलीहरुले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका छन् ।

म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्थाका वरिष्ठ उपाध्यक्ष राजु पौडेलको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरी अभियानलाई अगाडि बढाएको हो । गृह जिल्ला पिडामा रहदॉ आफूहरू निर्धक्क रूपमा प्रवासमा रहन नैतिक र सामाजिक दायित्वले दिँदैन   भन्दै मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले विगतका अभियान झैँ यस अभियानमा पनि सबैले सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।

सहयोग अभियान कतारमा मात्र सीमित नरहोस् भन्ने हेतुले नेपालको बैकको खाता नम्बर पनि उपलब्ध गराएको संयोजक पौडलले बताउनु भएकाे छ । उहाँले अभियानमा विश्वका हरेक कुनाबाट सहयोग गर्न सकिने जानकारी दिनु भयो । सङ्घ कतार तथा जिल्लामा अग्रणी सहयोगी संस्थाको रूपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button