
पाेखरा न्यूज । छुरा प्रहार गरी एक २२ वर्षीय युवाकाे हत्या गरेकाे अभियाेगमा मोरङमा प्रहरीले ३ जना पक्राउ गरेकाे छ । मोरङ जिल्लाकाे लेटाङ-३ त्रिशुली चोक स्थित सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ ।
हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनीहरुले शुक्रबार राति पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाइते बनाई फरार भएका थिए । घाइतेको विराट नर्सिङहोम विराटनगरमा पुर्याउन साथ मृत्यु भएको छ ।
छुरा प्रहार गरी फरार रहेकाहरुको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएकाे प्रहरी टोलीले खोजतालस गरि घटनामा संलग्न रहेका तीनै जनालाई पक्राउ गरेकाे छ । प्रहरीका अनुसार उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको छ ।





