
पाेखरा न्यूज । करेन्ट लागेर २ जना युवकहरुको सुनसरी र पाँचथरमा मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाऊपालिका २ औराबनीका ३५ बर्षीय अरुण चौधरीको इनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ ।
त्यस्तै आज दिउसो साँढे ११ बजे पाँचथरकाे याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागी घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा दिउसो सवाँ १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिररहेकाे जनाएकाे छ ।





