संक्रमितकाे उपचार गर्न नसक्ने भन्दै २ अस्पतालले हात उठाए

पोखरा न्यूज । सङ्क्रमितको सङ्ख्या बढेकाे र अक्सिजनको सिलिन्डर अभाव भएकाले निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका छन् । वाग्मती प्रदेशको राजधानी हेटौँडामा संचालित दुवै अस्पतालले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितहरुको उपचार गर्न नसक्ने जनाएका हुन् ।

चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० श्यया गरी ३० श्ययाको सेवासहितको कोभिड–१९ का बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका थिए । विगत एक–दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटाैँडामा खपत हुने आवश्यकताअनुसार अक्सिजन सिलिन्डर आउन छोडेकाले कोभिडका बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ ।

दुईवटा अस्पतालमा ३० श्ययाको एचडियु सेवासहितको कोभिड उपचार गरी आइरहेको र अक्सिजनको सिलिन्डर आपूर्ति नभएकाले उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button