आजको राशिफल : जेठ ४ गते मंगलबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७८–ज्येष्ठ–४, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार मे महिनाको १८, २०२१, वैशाख शुक्ल पक्ष, सम्वत्सरः राक्षस ।

तिथिः षष्ठी घ.प.७ः१ (८ः४), नक्षत्रः तिष्य, योगः वृद्धि, करणः गण्ड, आनन्दादी योग ः प्रवद्र्ध

चन्द्रमाः कर्कट, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः१५

सूर्यास्तः १८ः४६

आजको राशिफल 

मेष. तपाईँको आजको दिनमा सुखद तवरले नै बित्ने देखिन्छ । आफन्तजन तथा साथीभाइसँग आत्मीयता बढ्नेछ । स्वास्थ्यमा राम्रो रहने छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुने योग रहेको छ । सबैको राम्रो सहयोग तपाईँले पाउनुहुनेछ ।

वृष. तपाईँको आजको दिनमा परिश्रम गर्दा राम्रो प्रतिफल पाउने देखिन्छ । मान सम्मान प्राप्त गर्ने दिन रहँदा गरेका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन् । अध्ययनमा रुचि बढ्नेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ ।

मिथुन. तपाईँको आजको दिन त्यति राम्रो छैन । आफन्त तथा इष्टमित्रबाट नै धोका हुने देखिन्छ । नयाँ काममा हात नहाल्नु नै बेस हुनेछ ।मनमा नैराश्यता छाउनेछ । नयाँ यात्रा नगर्दा नै उत्तम हुनेछ ।

कर्कट. तपाईँको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । अध्ययनमा प्रगति हुनेछ । सबैको साथ र सहयोग प्राप्त हुने हुदा हौसला बढ्नेछ । आर्थिक कारोबार राम्रै हुनेछ । महत्त्वपूर्ण कार्य सम्पन्न हुने योग रहेको छ । मिष्टान्न भोजनको योग प्राप्ति रहेको ।

सिंह. व्यवसायबाट राम्रो प्रगति हुने दिन रहेको छ । घरपरिवारको साथ सहयोगले गरेका कार्यहरू सहजरुपमा सम्पन्न हुने देखिन्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । नयाँ कार्य गर्नका लागि मन जाने देखिन्छ ।

कन्या.चारैतर्फबाट मान सम्मानको योग रहेको छ । मनोरञ्जनात्मक यात्रा हुने देखिन्छ । मन प्रफुल्लताका साथ दिन व्यतीत हुनेछ । गरेका कामको सबैतिरबाट जस प्राप्ति हुनेछ । मन परेको सामाग्री उपहारको रूपमा पाइनेछ ।

तुला. तपाईँको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । नयाँ कामकारबाही नगर्दा नै राम्रो हुनेछ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने हुदा बोलीमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

वृश्चिक. उचित प्रतिफल प्राप्त गर्ने हुदा तपाइले गरेको व्यापार व्यवसायले खुसी दिने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरू प्राप्त हुनेछ । भोजन प्राप्तिको योग रहेको छ । मानसम्मानपूर्वक नै तपाईँको दिन व्यतीत हुने देखिन्छ ।

धनु.नसोचेको क्षेत्रबाट आर्थिक उपलब्धि हुने देखिन्छ । गरेका कार्यबाट जस प्राप्ति हुनेछ । सबैतिरबाट वाहवाहको प्रशंसा पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ । नयाँ यात्राको प्रबल सम्भावना रहेको देखिन्छ । तपाईँका लागि आज राम्रो रहेको छ ।

मकर. तपाईँले गरेको काम सोचे अनुरूपमा नै सम्पन्न हुनेछ ।आर्थिक लाभ हुने देखिन्छ । गरेका कारोबारबाट प्रगति नै हुने देखिन्छ । साथीभाइसँग सम्बन्ध राम्रो हुनेछ । मन प्रफुल्ल हुने रहेको छ । काममा सन्तुष्टि आउनेछ ।

कुम्भ. चोटपटकको सम्भावना रहेकाले सावधानी अपनाएर नै अघि बढ्नुपर्ने देखिन्छ । तपाईँको आजको दिनमा जस नपाउने हुदा बोलीमा होसियारी अपनाउनुपर्ने देखिन्छ । आर्थिक कारोबार गर्दा ध्यान पु¥याउदै सावधानीपूर्वक रहनुपर्ने देखिन्छ ।

मीन. मिष्टान्न भोजनको योग रहेको छ । मान–सम्मान पाइनेछ भने अध्ययनमा रुचि देखिन्छ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नयाँ क्षेत्रमा मन जानेछ । समग्रमा तपाईँको आजको दिन सुखद रूपमा बित्ने योग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button