कास्कीमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा ६८८ संक्रमित थपिए

११ वटै जिल्लामा संक्रमण पुष्टि

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार कास्कीमा ९४ जना पुरुष तथा ८२ जना महिला गरी १७६ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ६९७ जनाको नमुना परीक्षण गरिएकोमा थप ६८८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १७६ सहित स्याङ्गजाका ९ जना, बाग्लुङका ७० जना,पर्वतका २२ जना, म्याग्दीका ६८ जना, मनाङका १३ जना, मुस्ताङका १० जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना र नवलपुरका १२८ जना गरी प्रदेशका दश जिल्लामा ३८० पुरुष तथा ३०८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ६८८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५६७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ४५२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button