
पाेखरा न्यूज । आज बिहान ९ बजेको समयमा नदीमा पाैडी खेल्ने क्रममा अचानक बगाँउदा १३ वर्षीय बालक बेपत्ता भएका छन् ।
ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ नबिन राईको १३ बर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् ।
आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।





