
पाेखरा न्यूज । आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी खोटाङमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर दुर्घटना भएकाे हाे ।
आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी-४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह-चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।





