
तिलु शर्मा पौडेल दोहा कतार l कोरोनाले देश अस्तव्यस्त छ l सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ l राष्ट्रिय अन्तर्राष्ट्रिय सबै सेवा बन्द रहे पनि नेपाली सॉगीतिक क्षेत्रमा नयाँ गीतहरू आउने क्रममा कमी आए पनि रोकिएको छैन l यसै सिलसिलामा बागलुङ नवोदित गायिका प्रतिमा के ले सी”माया लाई सक्यो मुटु खाई सक्यो” एल्बम बजारमा लिएर आएकी छिन l
नेपाल आइडल सिजन ३ बाट अत्यधिक चर्चमा आएका प्रवीण भेडवाल र केसीको स्वरमा सजिएको उक्त गीतमा गायक गायिकाद्वयको अभिनय हेर्न सकिन्छ l किसान सुबेदीको शब्दले पटक पटक मन छुन्छ l सुगम सङ्गीत भनेको यो हो भनेर देखाउन मिल्ने अत्यन्तै मीठो गीत आफूले गाउन पाएको भन्दै गायक भेडवालले खुसी व्यक्त गरेका छन् भने आफ्नो पहिलो एल्बम भएको हुँदा एकदमै उत्साहित रहेको के शीले बताइन l
सप्तक म्युजिक युट्युबबाट भर्चुअल बजारमा सार्वजनिक गीतको सङ्गीतकार सीएल शर्मा हुन् भने एरेन्ज कुशल सिङ्ले गरेका छन् l भिडियोलाई वीरेन्द्र धामीले खिचेका हुन् भने निर्देशन तथा सम्पादन पनि धामीकै रहेको छ l
भिडियोः
https://www.youtube.com/watch?v=ASzpl4RJuxQ





