
पोखरा न्यूज । थप आठ हजार ६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।
थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ पुगेको छ । हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित छन् ।





