दुई हजार ४४७ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा

पोखरा न्यूज । काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ४४७ सङ्क्रमित थपिएका छन् । ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० तथा भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्य २२ हजार १९३ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ८६४ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button