
पोखरा न्यूज । काेराेना संक्रमणबाट अस्पतलामा उपचाररत हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार मृत्यु भएको छ ।
नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।





