१३ माओवादी विद्रोहीको प्रहरीसँगको भिडन्तमा मृत्यु

पोखरा न्यूज । शुक्रबार बिहान प्रहरीको सी–६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको महाराष्ट्रको गडचिरोली जिल्लामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताउनुभयो ।

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उहाँले बताउनुभयो । यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

भारतमा नक्सलवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button