कास्कीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा ५२३ संक्रमित थपिए

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार कास्कीमा २१ जना पुरुष तथा ३० जना महिला गरी ५१ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २५० जनाको नमुना परीक्षण गरिएकोमा थप ५२३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ५१ सहित म्याग्दीका १०४ जना,  स्याङ्जाका ८० जना, बाग्लुङका ६ जना, पर्वतका १ जना, तनहुँका ५६ जना, गोरखाका ५५ जना, लमजुङका ३२ जना र नवलपुरका १३८ जना गरी प्रदेशका नौ जिल्लामा २६६ पुरुष तथा २५७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ६३६ पुगेको छ। पछिल्लो २४ घण्टामा २७४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २३ हजार ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५१४ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button