
पाेखरा न्यूज । माछा मार्ने क्रममा नदीले बगाएर एक युवक भाेजपुरमा बेपत्ता भएकाे प्रहरीले जानकारी दिएको छ। भोजपुरकाे अरुण गाऊपालिका ७ का २४ बर्षीय युवराज अधिकारीलाई नदीले बगाई बेपत्ता भएका छन् ।
गत राती १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९/१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदीले बगाई लगी बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको जनाइएकाे छ ।





