एमाले युवा नेता योगेश भट्टराई भन्छन्- सबैले आफ्नो विगतलाई हेरौ‌‌

पाेखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता याेगेश भट्टराले कारवाही, प्रतिशाेध र बदलाकाे राजनीतिले सही गन्तव्यमा नलैजाने बताउनु भएकाे छ । पार्टीमा विवाद चर्कदै गएकाे बेला उहाँले सामाजिक संजालमा यस्ताे धारणा सार्वजनिक गर्नुभएकाे हाे ।

उहाँले फेसबुकमा आज यस्ताे लेख्नुभएकाे छः

कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहँदै  आउनुभएका नेता भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा भने हस्ताक्षर गर्नुभएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button