गण्डकी प्रदेश सभाकाे अधिवेशन जेठ १६ गते आव्हान गर्न सिफारिस

पाेखरा न्यूज । गण्डकी प्रदेश सभाकाे अधिवेशन जेठ १६ गते आइतबार दिनकाे १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमूख सीता कुमारी पौडेल समक्ष सिफारिश गरेकाे छ ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले नेपालकाे संविधानकाे धारा १८३ काे उपधारा १ बमाेजिमकाे अधिवेशन आव्हान गर्न प्रदेश प्रमूख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभएकाे छ ।

नेपालकाे संविधानकाे धारा १६६ काे उपधारा २ बमाेजिम प्रदेश सरकारले उक्त सिफारिस गरेकाे पनि मन्त्री बस्नेतले बताउनुभएकाे छ ।

यसअघि बैशाख २ गते बिपक्षी दलहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेश सभाकाे विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख  अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए ।

प्रदेश प्रमूख शेरचनले वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नु भएकाे थियाे । त्याे दिन जनमाेर्चाका एक प्रदेस सभा सदस्य एकाएक बेपत्ता भएपछि स्थगित भएकाे थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई  सरकारकाे सिफारिसमा  बैशाख २० गते पदमुक्त गर्नुभयाे । त्यसपछि प्रदेश प्रमूखमा पाैडेल नियुक्त हुनु भएकाे हाे ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उहाँले त्यसअघि नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको थियाे ।

वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियाे ।

दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसके पछि प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ पुन मुख्यमन्त्री बन्नु भएकाे हाे ।

बहुमत प्रदेश सदस्यहरुकाे समर्थन नभएर अल्पमतकाे सरकारकाे नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button